३ माघ २०७४, बुधबार

नेपाली चलचित्रमा स्टारडम बोकेका अनमोल केसीको माग बढेसँगै पारीश्रमीक पनि बढ्दो छ । नायकहर माझ सवै भन्दा महँगा कलाकार बनेका छन् नायक अनमोल केसी ।

युवामाझ लोभलाग्दो क्रेज बनाएका अनमोललाई पछिल्लो समय चलचित्र निर्माताहरू ५० लाख पारिश्रमिक दिन पछि हट्दैन । लगातार हिट चलचित्र दिएका अनमोलको स्डारडम उनको फ्यान क्रेजले प्रस्ट हुन्छ ।

हालै अनमोल एउटा बाइकको विज्ञापनमा देखिएका छन् । खासै विज्ञापनमा नदेखिने अनमोलले उक्त विज्ञापन गरे बापत १० लाख पारिश्रमिक लिएको बताइएको छ । अनमोलले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफू ‘बेनिली’ नाम गरेको बाइकको उनी ब्रान्ड एम्बेस्डर रहेको बताएका छन् । उनले भिडियोमा आफू सधैँ बाइकको सौखिन रहेको र बेलिी बाइकको ब्रान्ड एम्बेस्डर हुन पाउँदा खुसी लागेको बताएका हुन् । उनी एक वर्षको लागी बेनिली बाइकसँग जोडिएका छन् ।यति बेला उनी चलचित्रमा मात्र नभई विज्ञापन दुनियाँमा पनि मंहगा कलाकार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV