३ माघ २०७४, बुधबार
नेपाली संगीतमा आशा लाग्दो प्रतिभा गायक गौरब आलेले आफ्नै वास्तविक जीवनमा घटेको गीत गाएर गायनक्षेत्रमा प्रबेश गरेका छन् ।
प्रमोद पन्तको सुमधुर संगीत र उषा आचार्यको भावपुर्ण शब्दमा गायक आलेले गाएको “तिम्रो याद” बोलको गीत युट्युब र रेडियोमार्फत हालसालै सार्वजनिक भएको छ । गायक तथा संगीतकार तिलक पेलासँग २ बर्ष शास्त्रीय संगीतको शिक्षासमेत लिएका गायक आलेको गायन प्रतिभाकोे हिजोआज सबत्र चर्चा हुन थालेको छ । संगीतकार पन्तले आलेको प्रतिभा चिनेर आफुले शास्त्रीयशैलीको गीत गाउन लगाएको र यो आवाजले भविष्यमा निकै लोकप्रियता हासिल गर्ने बिश्वास व्यक्त गर्नुभएको छ ।
एक बर्षअघि आफ्ना काका महेन्द्र आलेको स-परिवार कार दुर्घटनामा परी मृत्यु भएको सम्झनामा सो गीत गाएको गायक गौरब आलेले बताएका छन् । गीत सुन्न यो लिङ्कमा जानुहोस्

प्रतिक्रिया दिनुहोस्

LIVE TV