३ माघ २०७४, बुधबार

एजेन्सी । सन् २०१६–१७ मा इंग्लिस प्रिमियर लिगसबैभन्दा धेरै दर्शक रंगशालमा गएर हेरिएको प्रतिवेदनले देखाएको छ । गएको सिजन प्रिमियर लिगका २० टिमका खेल १३ मिलियन भन्दा बढी दर्शकले रंगशालमा गएर हेरेका थिए ।

दोस्रो स्थानमा जर्मन बुण्डेस लिगा रहेको छ । बुण्डेस लिगका १८ टिमका खेल १२ मिलियन भन्दा बढी दर्शकले हेरेका छन् ।इंग्ल्याण्डको च्याम्पियनसिप ११ मिलियन भन्दा बढी दर्शक पाएर तेस्रो स्थानमा छ । विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी लियोनल मेस्सी र क्रिष्टियोनो रोनाल्डोले खेल्ने स्पेनिस ला लिगा भने १० मिलियन भन्दा बढी दर्शक पाएर चौथो स्थानमा छ ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले गएको सिजनको विविध पक्ष समेटेर बनाएको प्रतिवेदनमा यस्तो देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV