३ माघ २०७४, बुधबार

तराई। मधेस द्रुतमार्ग (एक्स्प्रेस वे) निर्माणको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० खरिदका लागि नेपाली सेना र भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आइएलएन्डएफएस) बीचको वार्ता भंग भएको छ ।

डीपीआरको खरिद मूल्यमा दुई पक्षबीच सहमति नजुटेपछि नेपाली सेनाले वार्ता भंग गरेको हो । दुइपक्षीय वार्ता भंग भएसँगै अव नयाँ डीपीआर निर्माणबाट द्रुतमार्ग निर्माण अघि बढ्ने सेनाले जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा अध्यक्ष तथा युद्धकार्य महानिर्देशक र सैनिक इन्जिनियरिङ विभागका प्रमुख (उपरथी) सदस्यसचिव सम्मिलित निर्देशक समितिले भारतीय प्रस्ताव अस्वभाविक र राष्ट्रिय हितविपरित रहेको निष्कर्ष निकालेको हो ।

सेनाले वार्ता भंग भएको भन्दै नयाँ डीपीआर निमार्ण गर्नुपर्ने सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV