३ माघ २०७४, बुधबार

खोटाङ । खोटाङमा जननायक राम प्रसाद राईले रोपेको रुखको संरक्षण गर्न निर्माण समिति गठन गरेको छ । सुशीला राईको संयोजकत्वमा नौ सदस्यीय ‘जननायक राम प्रसाद राई स्मृति पार्क’ निर्माण समिति गठन गरेको हो ।
राईले रोपेको रुख जीर्ण बन्दै गएपछि रुख संरक्षणका लागि बसेको किरात राई विद्यार्थी सङ्घको केन्द्रीय जननायक राम प्रसाद राई स्मृति पार्क निर्माण समिति गठन गरेको हो ।

समितिमा संयोजक सुशीला राई, सचिवालय सदस्य तथा केन्द्रीय सचिवालय सदस्यद्धय दिपेन राई र पुर्णशेर राई केन्द्रीय सदस्य सपना राई, दीपक राई, अनिल राई, र हिमाल राई रहेको छन् । दिपेन राई र सपना राई खोटाङ जिल्लाका जनप्रतिनिधि समेत हुन् ।

यस्तै सघंले स्मृति पार्क निर्माणका लागी खोटाङको प्रतिनिधिसभाका सदस्य विशाल भट्टराई, प्रदेश सभा सदस्य राम कुमार राई, रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष तारा देवी राई, किराया खोटाङका अध्यक्ष अन्जना राई, खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई, वडा– ७ का अध्यक्ष शिव प्रसाद फुयाँल, वडा नं ५ अध्यक्ष किरण राई रहेको समिति गठन गरेको छ ।


रुख भएको स्थानमा जननायक रामप्रसाद राईको सम्मान र सम्झनामा राम प्रसाद राई स्मृति पार्क निर्माण गरी पार्कको ढाँचा अनुसार समीको रुखको वरिपरि पर्खाल बनाइने सघंको केन्द्रीय अध्यक्ष विर्सिका राईले जानकारी दिइन् । उनले रुखको वरिपरि माटो झरी सकेको, खोटाङबजारको टुँडिखेलको डिलमा रहेको जुन ढल्न लागेका अवस्थामा रहेकोले वरिपरिबाट पर्खाल लगाउन लागिएको उनले बताइन् ।

पार्क भित्र प्रतिक्षालय, दृश्यावालोकन स्थान र राईको सालिक समेत निर्माण गरिन्ने भएको छ ।
सघंले प्रथम किराती राजा यलम्बर हाङले सुरुवात गरेको योले संवत्को अवसरसँगै खोटाङ बजारमा किराया प्रा।क।स खोटेहाङ गाउँपालिका सँग मिलेर शुभकामना आदान प्रदान कार्यक्रम गरे । भने पार्क संरक्षण गर्नका लागि ऐतिहासिक केन्द्रीय सचिवालयको बैठक उक्त स्थानमा बसेको हुन् । पार्क निर्माण र विरूवाको सरंक्षण अगुवार्इ गरिरहेको संघ पार्कको संरक्षक रहेनेछ ।

२००७ सालको प्रजातन्त्र स्थापनार्थ पूर्वी पहाडमा सङ्घर्षरत मुक्तिसेनाका कमान्डर तथा सिंहदरबार विद्रोहका नायक रहेको राईले खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिको वडा नं। ७को खोटाङ बजारमा सिम रुख बिरुवा रोपेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV