३ माघ २०७४, बुधबार

काठमाण्डौ, माघ ३ । श्रीलंका सेना प्रमुखको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री बुधबार श्रीलंका भ्रमणमा जाँदैछन् ।

भ्रमणका क्रममा उनले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही क्रममा उनले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानसेनापति क्षेत्रीको अनुपस्थितिमा बलाधिकृत पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV