३ माघ २०७४, बुधबार

जनकपुरधाम । धनुषा जिल्ला अदालत परिसरमा मंगलबार हिंसापीडित महिला र राजनीतिक दलका कार्यकर्ताले नाराबाजी र प्रदर्शन गरेका छन् ।

जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई अदालतले धरौटीमा छाड्न लागेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । न्यायाधीशलाई कुनै दबाबमा नपरी निष्पक्ष फैसला गर्न खबरदारीस्वरुप नाराबाजी र प्रदर्शन गरिएको प्रदर्शनकारीले बताए। आजको नागरिक दैनिकमा खबर छ ।

केही समययता अदालती कामकारबाहीलाई लिएर असन्तुष्टि पोख्ने वा न्याय सम्पादन प्रक्रिया प्रभावित पार्ने कामहरू भइरहेका छन् । एक साताअघि पूर्वसांसद सञ्जय साह ‘टकला’ को मुद्दा छिटोे टुंग्याउन माग राखेर समर्थकको एक टोली अदालत पुगेको थियो । जिल्ला अदालतका मुख्य न्यायाधीशलाई भेटेरै सो टोलीले सक्दो छिटो मुद्दा फैसला गर्न लिखितरुपमै माग गरे।

प्रतिक्रिया दिनुहोस्

LIVE TV