३ माघ २०७४, बुधबार

म्यानमार : विभिन्न मुलुकहरुमा बस्दै आएका रोहिंग्या मुस्लिम शणनार्थीहरुलाई म्यानमार फर्काउने विषयमा सहमति भएको छ । बंगलादेश र म्यानमारबीच रोहिंग्या मुस्लिम शरणार्थी म्यानमार फर्काउन हरेक दिन ३ सय रोहिंग्या फिर्ता लाने सहमति भएको हो ।

फिर्ती प्रक्रिया कहिलेबाट शुरु हुन्छ भन्ने स्पष्ट नभए पनि फर्किएकाहरुलाई अस्थायी बासको व्यवस्था गरिने जनाइएको छ । बंगलादेश पलायन भएका ६ लाख ५० हजार रोहिंग्या दुई वर्षभित्र फिर्ता भइसक्ने आशा गरिएको छ । म्यानमारको रखाइन प्रान्तमा सेनाले कारवाही शुरु गरेपछि पलायन भएका रोहिंग्याहरु विभिन्न मुलुकमा रहँदै आएका छन् ।

रोहिंग्याको विषयमा राष्ट्रसंघको मानवअधिकार आयोगले ध्यानाकर्षण हुँदै म्यानमारले आफनै देशमा रोहिंग्यालाई लानुपर्ने जनाएसँगै विभिन्न देशहरुसँग सहमति गर्दै रोहिंग्या फिर्ता लाने म्यानमारले तयारी गरेको हो । यता म्यानमारले भने रोहिंग्यालाई अनागरिक मान्दै उनीहरुमाथि दमन नगरेको जिकिर गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV