२ माघ २०७४, मंगलवार
  • सन्तोष काफ्ले

सुनसरी  ।  बुढासुब्बा गोल्डकपको २०औं संस्करण माघको तेस्रो सातादेखि सुरु हुने भएको छ । मोफसलकै सबैभन्दा पुरानो इतिहास बोकेको गोल्डकप माघ २० देखि २७ गतेसम्म सञ्चालन हुने भएको हो ।

आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलनमार्फत पूर्वाञ्चलको क्षेत्रीय रंगशाला धरानमा निर्माण गनुपर्ने दबाब सिर्जना गर्दै २०औं बुढासुब्बा गोल्डकपको आयोजना गर्न लागिएको जानकारी दिएको छ प्रतियोगितामा १० टिमको सहभागीता रहने छ । विभागीय दुई टिम नेपाल पुलिस र शसस्त्र प्रहरी, एडिभिजन क्लवका मनाङ मस्र्याङदी, संकटा र थ्रिस्टार सहभागी हुनेछन् । त्यस्तै, अण्डर–१९ राष्ट्रिय नेपाली टिम सहित अन्तर्राष्ट्रिय टिममा बंगलादेशको धनमुन्दी क्लब, भारत कलकत्ताको गरिफा फुटबल क्लबले समेत प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितको विजेता टिमले ५ लाख १ हजार, उपविजेताले २ लाख ५१ हजार नगद पुरस्कार पाउनेछन् । एन्फा एकाडेमीको खेल मैदानमा निर्माणधिन अवस्थामा रहेकाले यस पटकको प्रतियोगीता धरान १६ को रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV