२ माघ २०७४, मंगलवार
  • तारा आचार्य

सुनसरी। पूर्व क्षेत्रमा धेरै पर्यटकीय क्षेत्र छन् । त्यसमा थपिएको छ ः ऐतिहासिक बर्जु ताल । सुनसरीको बर्जु गाँउपालिका रहेको यो तालमा पछिल्लो सयम पर्यटक आगमन समेत बढेको छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकासले ३ करोड ६६ लाख आर्थिक सहयोग गरेपछि यो तालको स्वरुप आकर्षक बनेको छ । यो ताललाई नेपाली सेनाको एक नम्बर राष्ट्र विकास गणले पुनर्निर्माण गरेको थियो । पुनर्निर्माण सकेर सेनाले ताल संरक्षण समितिलाई हस्तान्तरण गरिसकेको छ । तालको स्वरुप आकर्षक बनेपछि पछिल्लो समय पर्यटकको आगमन समेत बढेको छ । तर, तालको संरक्षणका लागि अझै धेरै काम गर्नु बाँकी नै रहेको संरक्षण समितिका अध्यक्ष वालिम चौधरीको भनाई छ ।

तालले आकर्षक स्वरुप पाएपछि विभिन्न देशबाट आउने चराहरु हेर्न आन्तरिक पर्यटकको आगमन बढेको छ । भारत लगायतका मुलुकबाट पनि यो तालको अवलोकनका लागि पर्यटक आउने गरेका छन् । पर्यटकिय क्षेत्रको रुपमा विकास गरिएको सो तालबाट जैविक विविधता र वातावरण संरक्षणमा समेत सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV