२ माघ २०७४, मंगलवार

काठमाडौं। मंगलबारदेखि अष्ट्रेलियन एजुकेशन फेयर सुरु भएको छ । विद्यार्थीको शैक्षिक लक्ष्य प्राप्तिका लागि विभिन्न देशका इमिग्रेसन पोलिसी, कोर्ष, विश्वविद्यालय सम्बन्धि उपयुक्त परामर्शको लागि एजुकेशन फेयर सुरु गरिएको हो ।

काठमाडौंमा एजुकेशन फेयरको आयोजना गरिएको छ । विद्यार्थीहरुको शैक्षिक लक्ष्य प्राप्तिका लागि आयोजना गरिएको एजुकेशन फेयरमा ३४ कोर्षका प्रदायक संस्थाहरु सहभागी रहने आयोजकले जनाएको छ । त्यस्तै पोखरा तथा चितवनमा हुने फेयरमा १४ कोर्ष प्रदायकहरुको सहभागिता रहने आयोजकले जनाएको छ । एईसीसी ग्लोबलका निर्देशक रन्जित कुमार अग्रवालले अष्ट्रेलिन एजुकेशन फेयरको अबधिमा काठमाडौंमा एक हजार, चितवन र पोखरामा ३ सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता हुने अपेक्षा गरेकोे बताउनुभयो ।

फेयरमा विद्यार्थी तथा तिनका अभिभावकलाई प्रत्यक्ष अष्ट्रेलियन कोर्ष प्रदायकसँग भेट गराइने आयोजकले जनाएको छ । जसबाट विद्यार्थीहरुलाई भर्ना, छात्रबृत्ति तथा भिसा डक्युमेण्टेसनसँग सम्बन्धित जिज्ञासा मेट्न सहयोग पुग्ने आयोजकले् बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV