२ माघ २०७४, मंगलवार

एजेन्सी । देशभरी नै जाडो बढेका  छन् । जाडोको कारण कतिले ज्यान गुमाईएका छन्, जुन एकदम दुखदायी पाटो हो।  तर  एउटा अर्को रमाइलो  जसले बच्चाहरूलाई धेरै रमाइलो पनि बनाउछ ।

जाडोको समयमा मुखबाट बाफ निस्कनु हो । सास लिने प्रक्रियाले शरीरमा कार्बन डाइअक्साइड र पानी बनाउँछ । फोक्सोले यो पानीलाई वाष्पीकरण गरेपछि जलवाष्पका रूपमा मुख वा नाकबाट त्यो बाफ निस्कन्छ । सास लिँदा अनि खाना पचाउँदाखेरी पनि पानी बन्छ । हामीले दिनदिनै पिउने पानी पिसाब, पसिना र बाफबाट बाहिर निस्कन्छ । जाडोमा शरीरको भन्दा वायुमण्डलको तापक्रम धेरै कम हुन्छ । शरीरमा भएको जलवाष्प सासका साथ बाहिर आउँदा पानीको ससानो थोपाको बादल बन्छ । त्यो बादल नै धूँवा जस्तो देखिन्छ । जसलाई हामी बाफ निस्केको भन्छौं ।

गर्मीमा शरीरबाहिरको वायुमण्डलको तापक्रम धेरै हुन्छ । त्यसैले जलवाष्प बाहिर आउँदा त्यो घनित हुन पाउँदैन । वाष्पीकरण क्रिया पनि एकदमै छिट्टो हुन्छ । त्यसैले गर्दा गर्मीमा मुखबाट बाफ निस्कँदैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV