२ माघ २०७४, मंगलवार

एजेन्सी । बलिउड दअभिनेता सलमान खानको कथित गर्लफ्रेण्ड युलिया वन्तुरले आफ्नो बिहेको बारेमा गरिएको विभिन्न हाँसोको कुरामा खुलेरै कुरा गरेकी छन् ।

यसै कुरालाई लिएर युलियाले एक अन्तरवार्ताको दौरानमा सलमान र उनको बिहेको हाँसो फैलिरहेको समयमा सचेत रहेकी जनाएकी छन् । उनले अभिनेता सलमान र आफ्नो सम्बन्ध अन्य केही नभई राम्रो साथीको सम्बन्ध रहेको बताएकी छन् ।

उनले भनिन्, ‘मान्छेले सलमान र मेरो बारेमा गलत बयान गर्छन् । मेरो आगामी जीवनको बारेमा म आफैलाई थाहा छैन । मैले सलमानलाई धेरै आधार गर्छु । उसले मलाई गीत गाउनको लागि निकै प्रेरित गरेका छन् ।’

युलियाले बलिउडको आफ्नो करियरको बारेमा बोल्दै भनिन्, ‘बलिउडको हिस्सा बन्छु भनेर मैले कहिल्यै सोचेकी थिइन ।’ त्यसोत, उनले बलिउडमा आफ्नो कुनै चाहाना नभएको बताउँदै सलमान खानको सहयोगले आफुले हिन्दी गीत गाउन सफल भएको बताएकी छन् ।

उनले आफ्नो नयाँ गीतको बारेमा बोल्दै मनिष पाल निकै राम्रो साथी भएको बताएकी छन् । साथमा कार्यक्रमलाई सँगै होस्ट गरेकी पनि बताइन् । उनका अनुसार मनिष र युलियाको राम्रो तालमेल छ । युलियालाई गीतका निर्देशक सचिन गुप्ताले पनि निकै सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV