२ माघ २०७४, मंगलवार

दाङ । दाङमा मंगलबार दिउँसो २ बजेदेखि बन्द आह्वान गरिएको छ । दाङ प्रदेश नम्वरको ५ को राजधानी बन्ने हल्ला हल्लामै सीमित हुने आशंका गर्दै मंगलबार तुलसीपुर,घोराही र लमही क्षेत्रमा सडक आन्दोलन गरिएको हो ।

दाङका बिभिन्न स्थानमा ¥याली पछि आयोजित कोण सभाबाट दिउसो २ बजेदेखि बजार तथा यातायात बन्द आह्वान गरिएको हो । सरकारले प्रदेश राजधानी तोक्ने तयारी गरिरहेका बेला दाङमा अस्थायी राजधानीको माग गर्दै दङगालीहरु सडकमा उत्रिएका हुन् । लुम्विनी क्षेत्रमा अस्थायी मुकाम तोक्ने हल्ला ब्यापक भएपछि नागरिकहरु स्वतस्फुर्त रुपमा सडकमा आएको तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजालले जानकारी दिनुभयो । वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी तोक्दा गुल्मीदेखि बर्दिया, रुकुमदेखि नवलपरासी सम्मका नागरिकलाई पायक पर्ने स्थानको खोजी नगरिए आन्दोलन चर्कने नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले चेतावनी दिनुभयो ।

उच्च अदालत,प्रदेश प्रहरी प्रमुख,राष्ट्रिय सभा निर्वाचन केन्द्र दाङमा स्थापना भएपनि प्रदेश राजधानी अन्य स्थानमा राख्ने तयारी गरिए आन्दोलनको आधिबेरी ल्याईने चेतावनी पनि दाङवासीको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV