२ माघ २०७४, मंगलवार

काठमाडौं। नेपालमा एनालग प्रविधि विस्थापन गर्ने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा  रिटपरेको थियो। उक्त रिटको आज सुनुवाई हुँदैछ । एनालग प्रविधिलाई प्रतिस्थापन गर्दै मुलुकभर डिजिटल टेलिभिजन गराउने सरकारी योजनाविरुद्ध परेको मुद्दामा धेरैपटक पेशी सरिसकेका  छन् ।

सूचना तथा सञ्चार मन्त्रालयले १५ दिनको समय सीमा दिएर गत कार्तिक १० गते नै सम्पूर्ण केवल अपरेटर लाई डिजिटल प्रविधि अपनाउन निर्देशन दिएको थियो । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई ध्यान दिदै मन्त्रालयले डिजिटल प्रविधि अपनाउने समयावधि थप गरेको भए पनि त्यसविरुद्ध सर्वोच्चमा मुद्धा परेको थियो । राष्ट्रिय एकता मञ्चका अध्यक्ष वीजेन्द्रलाल जोशीका तर्फबाट दायर रिटमा न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अदालतको अन्तिम निर्णय नहुँदासम्म केबल टेलिभिजन प्रसारण रोक्नेलगायतका कार्य नगर्न–नगराउन गत ४ मंसिरमा सरकारका नाममा अल्पकालीन आदेश जारी गरेको थियो ।

एनालग प्रविधि पूर्ण रुपमा विस्थापन गर्न तत्कालका लागि रोकिए पनि सर्वोच्चको सुनुवाईपछि आवश्यक निर्णय लिने मन्त्रालयको तयारी छ । सर्वोच्चको निर्णयअनुसार मन्त्रालय अघि बढ्ने मन्त्रालयका सञ्चार महाशाखा प्रमुख प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV