२ माघ २०७४, मंगलवार

महोत्तरी । शीतलहरबाट प्रभावित बनेका भङ्गाहा नगरपालिकाका ७० घरपरिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनले राहत वितरण गरेको छ ।

भङ्गाहा नगरपालिका(४ का अतिविपन्न ३९ मुसहर घरपरिवार र ३१ बातर परिवारलाई फाउण्डेशनले न्यानो ब्लाङकेट वितरण गरेको हो ।

नगर पत्रकार संजाल बर्दिवास, भङ्गाहा नगरपालिका,नेपाल रेडक्रस बर्दिवास उपशाखाको समन्वयमा राहत स्वरुप ब्लाङकेट र बम्बल वितरण गरिएको हो ।

यता नगरपालिकाले पनि बाक्लो हुस्सु र शीतलहरबाट जनजीवन प्रभावित हुने भन्दै सार्वजनिक स्थानहरुमा दाउरा वितरण गर्नुका साथै आगो बाल्ने काम गरेको मेयर संजिव साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV