२ माघ २०७४, मंगलवार

काठमाण्डौं । आज साढे चार बजे बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने र त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओबादी केन्द्रसँग त्यस विषयमा छलफल गर्ने चर्चा प्रधानमन्त्रीको सचिवालयले चर्चा चलाएको छ । तर, एमालेले त्यस विषयमा अब सरकारसँग कुनै छलफल नहुने जनाएको छ ।

एमाले स्थायी समिति सदस्य सुभाष नेम्वाङले प्रधानमन्त्रीले आफुहरुलाई कुनै बैठकमा बोलाएको खबर नआएको र प्रदेश प्रमुख तोेक्नेबारेमा सरकारसँग कुनै छलफल नहुने बताउनुभयो ।

नेता नेम्वाङले भन्नुभयो, ‘प्रदेश प्रमुख र प्रदेशको केन्द्र तोक्नेबारेमा सरकारसँग हाम्रो कुनै थप छलफल आवश्यक छैन् र त्यसबारेमा बोलाइने बैठकमा हामी सहभागी हुँदैनौ ।’

एमाले नेता नेम्वाङले प्रधानमन्त्रीले यसअघि बोलाएको प्रमुख दलको बैठकमै एमाले अध्यक्ष केपी ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुख र केन्द्र तोक्ने सरकारको अधिकार भएकोले त्यसमा आफुहरुको कुनै सहमति वा असहमति आवश्यक नभएको प्रष्ट गरिसकेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य परीक्षणमा बैंकक जानुअघि पनि हाम्रा अध्यक्षले मेरै मोबाइलबाट प्रधानमन्त्रीसँग कुरा गरी प्रमुख तोक्ने काम सरकारको भएकोले तोक्नुस् भन्नुभएकै हो । अहिले फेरि किन हामीसँग छलफल आवश्यक पर्यो र रु’

नेता नेम्वाङले प्रधानमन्त्रीले आफुले सिन्को पनि नभाच्ने, अनि दोष जति एमाले र माओबादीको थाप्लोमा राख्न खोज्ने नियत देखाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV