२ माघ २०७४, मंगलवार

नायिका प्रियंका कार्की नायक प्रदीप खड्मा सँग उमेरको तुलना गरेको प्रति आक्रोशीत भएकी छन् । सोमबार राजधानीमा उनी अभिनित चलचित्र लिलिबिलिको जसमा प्रदिप र जसिताको अभिनय रहेको थियोको  पहिलो गीत रिलिज कार्यक्रम आयोजना गरिएको थियो जहाँ उनलाई आफू भन्दा कम उमेरको ‘नायक भाइसँग ‘काम गर्दाको अनुभव कस्तो रह्यो ? भनेर सोधिएको थियो ।

बोल्ड अन्दाजमा पुगेकी प्रियंकाले  जफाव स्वरूप सधैँ नायिकालाई मात्र यस्तो प्रश्न किन ? नायकले २०/२५ वर्ष कम उमेरको नायिकासँग काम गर्दा भने केही नहुने ? भन्दै प्रतिप्रश्न गरेकी थिइन् साथै उनले आफूलाई प्रदीप र नव नायिका जसिता गुरुङको काम मन परेको  बताईन् ।

यसै चलचित्रमार्फत पहिलो पटक प्रियंका र प्रदीप स्किृन सेयर गर्दै छन् । जब लिलिबिलिमा प्रियंका फाइनल भएको खबर बाहिरिएको थियो तब धेरैले यो जोडी नसुहाउने अभिव्यक्ति दिएका थिए । यता प्रियंकालाई यही विषयमा सोधिएको प्रश्नमा भने कार्यक्रममा आक्रोशित भएकी थिइन् ।

नायक प्रदीप खड्काले भने माहौललाई साम्य पार्दै उमेर भन्दा दुईको मन मिलेको तर्क राखे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV