२ माघ २०७४, मंगलवार

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा गएराति मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक काठमाडौंको गोल्फुटारका ३४ वर्षीय कमल दाहाल र पछाडि सवार २५ वर्षीय अनिल महतो छन् ।

प्रहरीका अनुसार राति साढे ११ बजे उनीहरू सवार बा ३० प ७६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भर्इ दुर्घटनामा परेको थियो ।

घाइते दुवैको ग्रिन सिटी अस्पताल, धापासीमा उपचार भैरहेको छ । थप अनुसन्धान भर्इ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV