२ माघ २०७४, मंगलवार

काठमाडौं । नायीका शिल्पा पोखरेल मूख्य भूमीकामा देखीएकी एक्सन ड्रामाले भरपुर फिल्म मंगलमको गीत रिलिज भएको छ। बम्पर उपहारु बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतको भिडियोमा मुख्य दुई कलाकार शिल्पा र पृथ्वीराज प्रसाईको अभिनय रहेको छ।

दीपक शर्माद्धारा संगीतबद्ध गीतमा प्रमोद खरेलको स्वर र लेखु सहायत्रीका शब्द समावेश छन्। कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतलाई विष्णु कल्पित घिमिरेले खिचेका हुन्।

नवल नेपाल निर्देशित फिल्ममा थ्रीलर र ड्रामा समावेश फिल्म फागुन २५ गते रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV