२ माघ २०७४, मंगलवार

 

एमाले अध्यक्ष केपी ओली बिहीबार स्वदेश फर्कने भएका छन् । थाइल्यान्डको बैंककस्थित बुमरुङगार्ड अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि उनी बिहीबार स्वदेश फर्कने भएका हुन् । ‘चिकित्सकहरूले सोमबार उहाँ पूर्णस्वस्थ रहेको प्रतिवेदन दिएका छन्’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने,‘ चिकित्सकहरूसँग अन्तिम परामर्श गरेर बिहीबार अपरान्ह स्वदेश फर्किने
कार्यक्रम छ ।’

अधिकारीका अनुसार ओलीको मिर्गौलासहितका अंगहरूको परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणका लागि ओली २६ पुसमा बैंकक प्रस्थान गरेका थिए । ओलीसँगै गएका चिकित्सकद्वय डा। दिव्या सिंह र डा। यादव भट्ट आइतबारै स्वदेश फर्किसकेका छन् । नियमित स्वास्थ्य परीक्षण सकिएकाले ओलीले मंगलबार र बुधबार निजी पारिवारिक भ्रमणमा बिताउने भएका छन् । उनी दुई दिन बैंककबाहिरको निजी भ्रमणमा रहने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जनाएका छन् । यो खबर नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV