२ माघ २०७४, मंगलवार

सप्तरी । सप्तरीका किसान कुखुरा पालनमा अकर्षित भएका छन् । जिल्लाको सकरपुराका युवा शिक्षण पेशा छाडी कुखुरा व्यवसायीतर्फ आकर्षित भएका हुन् । “मेहनतको फल मिठो हुन्छ” भन्ने कुरा पुष्टि गर्न सफल भएका छन् सप्तरीको साबिक सकरपुरा गाविस–८ दलित बस्तीका युवा ।

अहिले तिलाठी कोईलाडी गाउँपालिका–३ दलित बस्तीका युवा दिनभरि कुखुरा खोरमा नै व्यस्त रहेको पाइन्छ । आफ्नै लगानीमा यहाँका बेरोजगार युवाले कुखुरा व्यवसाय गरिरहेका छन् । यसबाट आम्दानी पनि राम्रो रहेको रमेश कुमार मुखियाले बताउनुभयो । उहाँको खोरमा अहिले पाँच सय भन्दा बढी कुखुराका चल्ला रहेका छन् । एक पटकमा उहाँले ४० हजारदेखि एक लाखसम्म आम्दानी गर्नुहुन्छ ।

बिएड उत्तीर्ण गरी केही महिना बाल विद्या इंलिस बोर्डिङ्ग स्कुलमा शिक्षण पेशा गरे पनि त्यसबाट राम्रो आम्दानी नआएपछि रमेशले शिक्षण पेशा छाडी कुखुरा व्यवसायमा लाग्नुभएको हो । रमेशलाई हेरेर अहिले त्यहाँका अन्य बेरोजगार युवा समेत कुखुरा व्यवसायतर्फ आकर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV