२ माघ २०७४, मंगलवार

काठमाडौं । अघिल्लो साताका तीन दिन अत्यधिक चिसो महसुस गरेका राजधानीबासीले अब केही दिन राहत पाउने भएका छन् । पुस २३ देखि २५ गतेसम्म न्यूनतम तापक्रम शून्य रहँदा चिसोले राजधानीबासीलाई अत्याएको थियो ।

पुस २६ देखि न्यूनतम र अधिकतम तापक्रम बिस्तारै माथि लाग्दैछ । राजधानी विगतका दिनहरुको तुलनामा अलि तातो हुँदै गएको छ । ‘तापक्रमको अनुमान गर्ने काम सजिलो त छैन । कुनै ठूलो मौसम प्रणाली कतैबाट भित्रिएन भने दुवै तापक्रम बिस्तारै बढ्दै जाने देखिन्छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले सोमबार सा“झ भने, ‘हामीले उच्चतम जाडोका दिन बिताइसकेका छौं ।’

उनका अनुसार आगामी तीन दिनसम्म राजधानीको न्यूनतम तापक्रम ३ देखि ५ डिग्री सेल्सियसको हाराहारीमा रहन्छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको हाराहारीमा हुन्छ ।
‘समग्रमा उल्लेखनीय रुपमा तापक्रम वृद्घि नभए पनि गत साताका केही दिनमा भएजस्तो चिसो तत्काल नदोहोरिएला’, रिमाल भन्छन्, ‘एक्कासि कुनै अर्को मौसम प्रणाली भित्रिएन र विकास भएन भनेमात्र यो भन्न सकिन्छ । अहिलेको वायुमण्डलका अवस्था हेर्दा त्यस्तो प्रणाली भित्रिने सम्भावना छैन ।’
पुस २३, २४ र २५ मा राजधानीको न्यूनतम तापक्रम शून्यमा झरेको थियो भने अधिकतम तापक्रम १७, १६।५ र १७।१ डिग्री सेल्सियस थियो । त्यतिबेला राजधानीका बासिन्दाले अत्यधिक चिसो महसुस गरेका थिए ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उत्तरी गोलाद्र्धका मुलुकमा डिसेम्बर अन्तिम सातादेखि जनवरी दोस्रो सातासम्म अत्यधिक जाडो हुने अवधि मानिन्छ ।
न्यूनतम तापक्रम शून्यमा झरेको अन्तिम दिन जनवरी ९ अर्थात् पुस २५ गतेदेखि न्यूनतम तापक्रम बिस्तारै बढिरहेको देखिन्छ । जनवरी १०, ११, १२, १३, १४ र १५ तारिख अर्थात् पुस २६ देखि माघ १ गतेसम्म न्यूनतम तापक्रम क्रमशः ०।६, १।८, २।४, ३।४, ५ र ३।२ डिग्री सेल्सियस देखिन्छ । आइतबार बादल लागेका कारण न्यूनतम तापक्रम अलि बढेको जानकारी रिमालले दिए । यसैगरी अधिकतम तापक्रम पनि १० तारिख ९पुस २६० देखि क्रमशः बढेको देखिन्छ । महाशाखाको तथ्यांकअनुसार १०, ११, १२, १३, १४ र १५ तारिख अर्थात् पुस २६ देखि माघ १ सम्म अधिकतम तापक्रम क्रमशः १७, १७।५, १८।५, १८।६,१९।४ र १९।५ डिग्री सेल्सियस छ ।

उनले अब बिस्तारै दिन लम्बिने र सूर्यको ताप पनि पृथ्वीमा धेरै पर्ने भएकाले तापक्रम क्रमिक रुपमा बढ्ने बताए । ‘तर दिनहरु २२ डिसेम्बरबाट लम्बिन्छन् यसो भन्दैमा त्यही बेलादेखि तापक्रम बढ्नेचाहिँ होइन’, रिमाल भन्छन्, ‘अबका दिनको हकमा मात्र त्यो नियम लागू हुन्छ । न्यूनतम र अधिकतम दुवै तापक्रम उल्लेखनीय रुपमा बढ्ने र घट्ने देखिँदैन । तर नियमित प्रक्रियाअनुसार बढ्छ’, उनले भने ।
जम्मुकास्मिर र पश्चिम नेपालस“ग जोडिएको भारतको उत्तराखण्ड प्रदेशमा हिमपात भएमा त्यसको असर नेपालमा पर्न सक्ने रिमाल बताउ“छन । सामान्यतया जाडोमा नेपालमा पश्चिम नेपालबाट पूर्वतर्फ हावा चल्छ । त्यही हावाले त्यहा“को चिसो हावा ल्याउने हुनाले न्यूनतम तापक्रम बढाउने सम्भावना हुन्छ ।
‘यतिमात्र होइन भारतको उत्तरपूर्वी क्षेत्रमा न्यूनचापीय रेखाको विकास भयो भने पनि त्यसको असर नेपालमा पर्छ । यतिबेला पनि तापक्रम घट्न सक्छ’, रिमाल भन्छन् ।

शीतलहर होइन, बाक्लो हुस्सु हो: सरकार
सरकारले विगत एक महिनादेखि पूर्वी, मध्य र पश्चिम तराईमा खराब भइरहेको मौसमलाई ‘बाक्लो हुस्सु’ को संज्ञा दिएको छ । सरकारले अहिलेसम्म ‘शीतलहर’ सुरु भएको घोषणा गरेको छैन । तर अत्यधिक चिसोका कारण लाग्ने रोगबाट मानिसको मृत्यु भइरहेको छ ।

मौसमविद् रिमालले भने, ‘सर्वसाधारणले शीतलहर भने पनि हामी प्राविधिकहरुले त्यसलाई शीतलहर मानेका छैनौं । सरकारले अहिले पनि शीतलहर सुरु भएको घोषणा गरेको छैन ।’
उनका अनुसार महाशाखाले आधिकारिक रुपमा शीतलहर घोषणा गर्न विश्व मौसम संगठनको मापदण्ड पूरा भएको हुनुपर्छ । कुनै पनि क्षेत्रमा शीतलहरको घोषणा गर्न संगठनका तीनवटा मापदण्ड पछ्याउनुपर्ने हुन्छ । औसत न्यूनतम तापक्रम त्यहा“को औसत तापक्रमभन्दा ५ डिग्री सेल्सिय तल झर्नुपर्छ । यो अवस्था दुई दिनसम्म नियमित हुनुपर्छ । सापेक्षित आद्रता ९वायुमा पानीको मात्रा० उल्लेखनीय रुपमा बढ्नुपर्छ ।
‘यस्तो अवस्थामा मात्र शीतलहर लागेको घोषणा गर्न मिल्छ’, रिमालले भने, ‘सर्वसाधारणमा यी सबै प्राविधिक कुराको ज्ञान नभएर पनि बाक्लो हुस्सुलाई शीतलहर भनिरहेका छन् ।’

उनले उदाहरण दिँदै भने, ‘नेपालगन्जको न्यूनतम तापक्रमको औसत ९ डिग्री सेल्सियस हो । शीतलहर लाग्नका लागि त्यो तापक्रम ४ डिग्री सेल्सियसमा झर्नुपर्छ त्यो पनि नियमित ४८ घन्टासम्म । अनिमात्र शीतलहर भन्न सकिन्छ ।’

बाक्लो हुस्सु नेपालका तराई क्षेत्रमा मात्र नभई भारतको विहार र उत्तर प्रदेशमा समेत छ । ‘केही दिनअघि त यो फैलिएर बंगलादेश, भारतको आसाम र मेघालयसम्म फैलिएको थियो’, रिमालले भने ।
उनले तराईको बाक्लो हुस्सु हराउने सम्भावना तत्काल नदेखिएको बताए । रिमालका अनुसार पूर्वी र मध्यनेपालमा बिहानदेखि सा“झसम्म बाक्लो हुस्सु लागिरहेको छ । पश्चिम तराईमा भने दिउ“सोदेखि हुस्सु पातलिरहेको छ । ‘पश्चिममा हल्का सुधार आएको पनि १० दिन मात्र भयो’, रिमालले भने, ‘यो क्रम अझै केही दिन रहन्छ ।’

बाक्लो हुस्सुका कारण पूर्वी र मध्यनेपालको तराई क्षेत्रमा सूर्यको किरण पर्न सकेको छैन । अधिकतम तापक्रम बढ्न सकेको छैन । ‘पश्चिम तराईमा भने दिउ“सोदेखि हुस्सु बिस्तारै पातलिदै जाने भएकाले केही तातो महसुस हुन लागेको छ’, उनले भने, ‘पूर्व र मध्यका केही स्थानमा अझै पनि सा“झसम्म बाक्लो हुस्सु लाग्न सक्छ ।’

रिमालका अनुसार बाक्लो हुस्सुको क्रम सन् १९९० बाट बढिरहेको छ । रिमालले विभिन्न अध्ययन प्रतिवेदन उल्लेख गर्दै भारतको गंगा र जमुनाको फा“ट, पन्जाबका रवि, सुतलेस र इन्डस नदी क्षेत्रमा भएको वाष्फीकरण प्रक्रियाले गर्दा नेपालको तराई क्षेत्र बाक्लो हुस्सुमय भएको हो । ‘त्यही क्षेत्रबाट जलवाष्फयुक्त वायु आइरहेको छ । त्यसले हाम्रो तराई क्षेत्रमा प्रभाव पारिरहेको छ’, उनले भने ।
उनका अनुसार बाक्लो हुस्सु हराउनका लागि पानी पार्ने मौसम प्रणाली आउनुपर्छ । ‘अनि मात्र छिटोभन्दा छिटो हराउन सक्छ । यो समाचार नागरीक दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV