२ माघ २०७४, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गुरुराज घिमिरेले निर्वाचनमा पराजयपछि कांग्रेसमा लागेको घाउको समयमै उपचार नभए ठुलो क्षति पुग्ने बताएका छन् ।

‘घाउ लाग्नेवित्तिकै उपचार गर्नुपर्छ’, घिमिरेले भने, ‘धेरै रगत बगेपछि निको हुन गाह्रो हुन्छ ।’ उनले चुनावमा पराजयको एक कारण वाम गठबन्धन भएपनि आन्तरिक कारण प्रमुख रहेको बताए ।

‘हारको एउटा कारण वाम गठबन्धन होला तर प्रमुख कारण आन्तरिक हो । सरकारमा पार्टी रहेको अवस्थामा कसरी यस्तो लज्जापद पराजय भयो ?’, उनको प्रश्न थियो, ‘हामी मात्र होइन अरु पार्टीका साथीहरु समेत तिमीहरुले कसरी नराम्रोसँग हार्यौ‍ भन्छन्, पार्टीमा मात्र होइन बाहिर समेत कांग्रेसको हारको कारण खोजी भइरहेको छ ।’,समाचार अन्नपुर्ण पोस्टले लेखेको छ  ।

उनले हारमा संस्थागत कमिकमजोरी नेतृत्वकै कारणले भएको बताए । निरन्तर मन्त्री हुनेदेखि टिकट वितरणसम्ममा भएको कमजोरीले पराजय भोग्नु परेको घिमिरेको बुझाई छ । ‘हाम्रा मन्त्रीले के काम गरे ? जनतासँग किन पुगेनन् ?’, घिमिरेको प्रश्न थियो ।

घिमिरेले आफनै नेतृत्वको सरकारले गराएको चुनावमा पराजय भोग्नुपर्दा कार्यकर्तामा निराशा, चिन्ता र अन्यौलता छाएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV