१ माघ २०७४, सोमबार

काठमाडौं । नेत्रहिन विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले सोमबार अष्ट्रेलियालाई ८ विकेटले हराएर सान्त्वना जित हात पारेको हो ।

दुबईमा अष्ट्रेलियाले दिएको २ सय ९९ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि भएका ४ वटै खेल हारेर नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ । अष्ट्रेलिया पनि प्रतियोगिताबाट बाहिरिइसकेको छ । भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश नेत्रहीन विश्वकपको सेमिफाइनमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV