१ माघ २०७४, सोमबार

माछा मार्ने डुङ्गामा रहेका बेला हराइरहेका १३ जना भियतनामी माझीहरूको सोमबार पनि खोजी भइरहेको छ ।

गत जनवरी ९ तारिखका दिन माछा मार्ने दुई ओटा डुङ्गा उत्तरी हाई फोङ सहरदेखि दक्षिणपूर्वमा पर्ने सामुद्रिक क्षेत्रमा डुबेको अधिकारीहरूले बताएका छन् ।

ठूलो हावाहुरीका कारण डुङ्गा डुब्दा ११ जना हराइरहेको भियतनामी समाचार समितिले सोमबार समाचार लेखेको छ ।
त्यही दिन अर्को एउटा डुङ्गा पनि मुख्य ठाँउबाट सम्पर्कबिहीन भएको थियो ।

सो डुङ्गामा सात जना माझी रहेका थिए । डुङ्गामा रहेका मध्ये दुई जनालाई उद्धार गरिएको थियो भने अरु अझै पनि बेपत्ता नै रहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV