१ माघ २०७४, सोमबार

डोल्पा ।  जाजरकोट-डोल्पा सडकखण्ड अन्तर्गत श्रीविण्डे-त्रिपुराकोट खण्डको निर्माण कार्य नेपाली सेनाले तीब्र रुपमा अघि बढाएकोले स्थानीयवासीका सडकको  सपना पूरा हुन् केहि दिन मात्रै बाकि रहेको छ । राष्ट्रिय सडक सञ्जालमा जोडिन अब तीन किलोमिटर मात्रै बाँकी रहेको छ ।

सडकखण्डको कुल लम्बाई ११७ दशमलम ७ किलोमिटर सडकखण्ड हो, जस  मध्ये ११४ दशमलव ७ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भइसकेको छ ।  दुनैसम्म सडक जोड्नको लागि श्रीविण्डे-त्रिपुराकोट खण्डको तीन किलोमिटर मात्रै निर्माण कार्य बाँकी रहेको सडक निर्माण प्रमुखले बताए। उक्त खण्डका श्रीविण्डे,सिउरेनी,चिप्ले,चुँ गाड लगायतका दर्जनौ स्थानहरुमा कम्प्रेसर मेसिन राखेर काम तीब्र  गतिमा गरेका छन् ।

सडक खण्डकै धाउनेमा निर्माणबेश खडा गरेर सेनाले युद्धस्तरमा काम गरिहेको भन्दै कर्णेल पहाडीले अब छिट्टै डोल्पाली जनतालाई सडक कोसेली बुझाउने बताए । सेनाले कहिल्यै नबिर्सने नासाे दिएको स्थानीय बताउछन्। सडक निर्माणपछि यातायातको असुविधामा दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी पर्दा उपचारका लागि सुगममा लैजान समेत सहजहुने  छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV