१ माघ २०७४, सोमबार

इराक । इराकको बग्दादमा दुई आत्माघाती बम आक्रमण भएको छ । आक्रमणमा परि १६ जनाको ज्यान गएको र ९० जनाभन्दा धेरै घाइते भएका छन् ।

शहरको केन्द्रस्थित तायरान स्क्वायरमा भएको आक्रमणको स्थानबाट धेरै नागरिकको उद्धार गरिएको इराक सरकारले जनाएको छ । इराकका आन्तरिक मन्त्रालयका प्रवक्ता सहद मानले व्यस्त समयमा ताइरन स्क्वायर शहरमा आत्माघाती बम आक्रमण भएको जनाएका छन् । उक्त ठाउँमा काम खोज्ने कामदारको भिड रहेको बेला २ जना व्यक्तिले आत्मघाती बम आक्रमण गरेको जनाइएको छ । आक्रमणको हालसम्म कसैले जिम्मा लिएका छैनन् । इराकमा सरकारी सेनाले आफ्नो भू–भाग आइएसबाट कब्जामा लिएपछि आक्रमणका घटना कम हुँदै गएको जनाइएको छ ।

सन् २०१४ यता इस्लामिक स्टेट( आइएस समूहले इराकको ठूलो भूभागमा उसको पकड जमाएपछि बग्दादमा निरन्तर बम विस्फोट र हिंसात्मक आक्रमण हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV