१ माघ २०७४, सोमबार
  • तारा आचार्य

मोरङ ।  प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले माघ ७ गतेभित्र प्रदेश प्रमुख नियुक्ति नभए प्रदेशसभाको समानुपातिक तर्फको मतपरिणाम आफ्नै तरिकाले घोषणा गरिने बताउनुभएको छ । उहाँलले सरकारले प्रदेश प्रमुख नियुक्ति नगर्दा समस्या बढ्दै गएको जनाउँदै अब आयोगले आफ्नै तरिकाले परिणाम घोषणा गर्ने चेतावनी दिनभयो ।

सोमवार विराटनगरमा क्षेत्रीय निर्वाचन कार्यालयको भवन उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमखु आयुक्त यादवले कानून र राजनीतिक दलहरुका कारण प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम घोषणा गर्न नसकिएको बताउनुभयो । उहाँले माघ ७ गतेसम्ममा प्रदेश प्रमुख नियुक्त गर्न सरकार असमर्थ रहे प्रदेशतर्फ दलहरुले पाएको समानुपातिकको परिणाम सार्वजनिक गर्ने बताउनुभयो ।

अर्को प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रिय सभाको निर्वाचनको परिणाम माघ अन्तिम साता सम्म आउने र फागुन पहिलो साता भित्र प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी भईरहेको जानकारी दिनुभयो । प्रमुख निर्वाचन आयुक्त डा. यादवले आवधिक निर्वाचनका लागि निर्वाचन आयोगलाई निर्वाचन मिति घोषणा गर्ने अधिकार दिनुपर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV