१ माघ २०७४, सोमबार
  • मनोज साह

रौतहट  श्री चण्डिका अधिकारी स्मृति महिला फुटवल प्रतियोगिताको उपाधि रौतहट रातोले जितेको छ । रौतहट जिल्ला फुटवल संघको आयोजनामा चन्द्रपुर स्थित शेरबहादुर दर्लामी खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनलमा रौतहट रातोले रौतहट निलोलाई एकका विरुद्ध चार गोलले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगितामा सर्लाही , पर्साको एक /एक र रौतहटको दुई गरी चार टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेतालाई १० हजार नगद र शिल्ड तथा उपविजेतालाई ५ हजार नगद र ट्रफी प्रदान गरिएको थियो । रौतहट चन्द्रपुर ४ घर भई हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएको दिपक अधिकारीले महिला फुटबल खेलको विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगितालाई सहयोग गर्नुभएको थियो । रौतहट महिला फुटवल खेलाडीको उर्वर भुमि रहेको बताँउदै यस क्षेत्रका महिला खेलाडी राष्ट्रिय टिममा समेत सहभागी भएकोमा यस्मा अझ मलजल गर्न आवश्यक ठानी सहयोग गरेको अधिकारीको भनाई छ ।

खेल क्षेत्रमा सक्रिय भएर लागेका महिला खेलाडीहरु यस अघि पनि खेलकुद सामग्री बितरण गरिसकेको उहाँले जानकारी दिनुभयो । यस क्षेत्रको महिला खेलकुदको प्रर्वद्धन गर्ने उदेश्यले हरेक बर्ष श्री चण्डिका अधिकारी स्मृति महिला फुटवल प्रतियोगिता गर्ने प्रतिबद्धता पनि उहाँले व्यतm गर्नुभयो । स्वर्गिय आमा चण्डिकाकोे स्मृतिमा हरेक बर्ष फुटवल प्रतियोगिता गराउने र यसलाई अगामी बर्षमा वृहत किमिसले गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV