१ माघ २०७४, सोमबार

काठमाडौँ । पूर्वमन्त्री प्रेमबहादुर सिंह अस्वस्थ भएर आइतवार अस्पताल भर्ना भएका छन् । उहाँ अस्वस्थ भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरीएको सिहको निकट स्रोतले बताएको छ । चिकित्सकका अनुसार सिंहको टाउकोमा रगत जमेको पाइएपछि एमआरआई गरिएको अस्पतालका छ ।

समाजवादी जनता पार्टीका अध्यक्ष समेत रहेका उनी कालिकोटका हुन् । सिंह पटक पटक मन्त्री भइसकेका छन् ।
उनी यो पटक माओवादीसँग मिलेर चुनाव लडेका थिए । उनलाई माओवादीले समानुपातिकमा पिछडिएको क्षेत्रबाट सांसदका लागि उम्मेदवार पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV