१ माघ २०७४, सोमबार

काठमाडौं । मैदाबाट बनेका परिकारले शरीरको हड्डी खिइने हुदा यसको प्रयोग गर्दा धेरै ध्यान दिन जरुरी छ । मैदामा पौष्टिक तत्व हुँदैन। मैदा गहुँको बाहिरपट्टिको पौष्टिक तत्व (बोक्रा) निकालेर भित्री भागबाट मात्रै बनाइएको हुन्छ ।

गाहुँको खासमा खानुपर्ने बाहिरी भाग हो, जसमा  भिटामिन बी पाइन्छ । गहुँको भित्री भागबाट बनाइएको मैदामा कुनै रेसादार पदार्थ र भिटामिन हुँदैन । आधुनिकताको नाममा सेतो आँटाबाट बनेका परिकार खाने चलन छ । तर, यसले कब्जियतको समस्या निम्त्याउँछ । मैदाबाट बनेका परिकार मिठाइ, चाउचाउ, बिस्कुट, कुर्मुरे आदिले शरीरमा विभिन्न रोग भित्राउछन् ।
पोषण नभएका खानेकुरा खाँदा बालबच्चाको मस्तिष्क राम्रोसँग विकास नहुने चिकित्सकहरूका  बताए ।

पौष्टिक तत्व नभएका खानेकुरा खाँदा ६०–७० वर्षको उमेरपछि आउने गरेका स्वाथ्य समस्या ३०–३५ वर्षको उमेरमै देखा पर्न थाल्छन् । खानपिनका कारण मुटुमा समस्या, हर्टअट्याकजस्ता रोग देखा पर्न थालेका हुन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV