१ माघ २०७४, सोमबार

पोखरा । फुटबल महासंघले साउथ एसियन फुटबल प्रतियोगितामा सहभागी देशले तीन जना खेलाडी विदेशी राख्नसक्ने प्रावधान रहेको दाबी गरेका छन् ।

१२ औं साउथ एसियन सेभेन ए साइड फुटबल प्रतियोगितामा माल्दिभ्सले तीन जना खेलाडी भारतको राखेको विषयमा विवाद सुरु भएपछि एसियन सेभेन ए साइड महासंघले स्पष्ट पार्दै एउटा देशले तीनजना विदेशी खेलाडी राख्न पाउने बताएको छ  । खेलाडी राख्दा सम्बन्धित देशको नो अब्जेक्सन लेटर चाहिने एसियन सेभेन ए साइड फुटबल प्रतियोगिताका महासचिव डी रवि कोण्डियाले जनाए ।

पोखरामा जारी १२ औं साउथ एसियन सेभेन ए साइड फुटबल प्रतियोगितामा माल्दिभ्सबाट खेल्ने सबै खेलाडी भारतीय रहेको आशंका गरिएका छन् । खेल्न आएका खेलाडीको पासपोर्ट पनि नरहेको  ती देशबाट खेलेका सबै खेलाडी भारतको भएको हुनसक्ने आशंका गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV