१ माघ २०७४, सोमबार
  • सरद राई,

काठमाडौं । तपाँईलाई थाहा छ, विश्वको २०१८ को सबै भन्दा बढी सुन्दर महिला को हुन् ? सामान्यतय महिलाको आकर्षण तिनीहरुको सुन्दरता र ग्ल्यामरमा भर पर्दछ ।

त्यसोत, सुन्दर महिलाको मापन तिनीहरुको ग्ल्यमरबाट गर्ने गरिन्छ । त्यस्तै अन्य कुरामा महिलाको पपुलारिटी, ज्ञान, स्मार्टनेस, स्ट्रेन्थ लगातको कुरामा पनि उनीहरुको सुनदरतालाई मापन गर्ने गरिन्छ ।

त्यसोत सुन्दर महिलाको अन्य कुराबाट पनि मापन गर्न सकिन्छ जस्तै, महिलाहरुको आधुनिकता, स्टाण्डरिटी, बानी ब्याहोरा आदी इत्यादी ।

विश्वमा धेरै सुन्दर महिलाहरु छन् । त्यसोत, विश्वका ती सबै सुन्दर महिलाईहरुलाई खोज्न र मापन गर्न धेरै गाह्रो छ । तर, विश्वका धेरै नाम चलेका अभिनेत्री, मोडल लगाएतका सेलिब्रेटी महिलाहरुको मापन गर्नए सजिलै छ ।

यसै क्रममा ‘वल्र्ड टप मष्ट’ साइटका अनुसार २०१८ का विश्वका टप १० सुन्दरीहरुको नाम लिष्ट यस प्रकार छन् । ‘वल्र्ड टप मष्ट’ साइटले ती सुन्दरीहरुको सुन्दरताको मापन उनीहरुको पपुलारिटी र सुन्दरताको आधारमा गरेको छ ।

२०१८ को विश्वको टप १० सुन्दरीहरुको लिष्ट यस प्रकार छन्ः

  • १०. पिए युर्ट्जबाच
  • ९.एमिलिया क्लेर्क
  • ८.एम्बर हार्ड
  • ७. एड्रिना लीमा
  • ६. प्रियंका चोपडा
  • ५. पिक्जे लोट्ट
  • ४.दीपिका पादुकोण
  • ३. नाना इम जिन-आ
  • २.लीजा सोवेरानो
  • १. सेलेना गोमेज

१०. पिए युर्ट्जबाचः

पिए युर्ट्जबाच पनि चर्चित सुन्दर महिलाको रुपमै चिनिन्छन् । उनी फिलिपिन्सकी अभिनेत्री, टप मोडल र टिभि होष्ट हुन् । उनले व्युटी क्वीन र मिस युनिभर्सको ताज सन् २०१५ मा पहिरिन सफल बनेकी थिईन् ।

उनको भाष्ट स्टनिङ र भाष्ट ट्यालेन्टको कारण उनी विश्वको टप १० सुनदरीको लिष्टमा पर्न सफल भएकी हुन् ।

९.एमिलिय क्लेर्कः

एमलिया अंग्रजी अभिनेत्री हुन् । ‘एचबिओ’ को सिरिज ‘गेम अफ थ्रोन’को आफ्नो भुमिकाबाट उनी निकै चर्चित छन् । यो सिरिज निकै प्रख्यात सिरिज हो । क्लेर्कले यसै आफ्नो भुमिकाबाट सपोर्टिङ एक्ट्रेस अफ ड्रामाबाट एम्मि अवार्ड हात पारेकी छन् ।

उनी सन् २०१५ मा विश्वकै सेक्सिष्ट महिलाको रुपमा चिनिन सफल पनि भएकी थिईन् । उनको ‘ब्रेकफाष्ट एट टिफान्नीस’ र ‘टर्मिनेटर जेनिसिस’ सफल प्रोडक्शन हो ।

८.एम्बर लुरा हार्डः

एम्बर लुरा हार्ड अमेरीकन अभिनेत्री हुन् । उनले फ्राइडे नाइट लाइफ नाटकबाट आफ्नो करियर सुरुगरेकी थिइन्, भने उनले ‘बोइज लभ मेण्डी लेन’बाट लिडिङ रोल सुरु गरेकी हुन् । उनले आफ्नो फिल्म ‘नेभर ब्याक डाउन’ बाट रिकगनिशन पाएकी थिइन् ।

‘पाइनएपल एक्प्रेस’, ‘द स्टेप फादर’ र ‘इन्फर्मर’ उनको चर्चित फिल्महरु हुन् ।

७. एड्रिना लीमाः

एड्रिना लीमा ब्राजिलियन अभिनेत्री तथा मोडल हुन् । उनलाई भिक्टोरियन सिक्रेट एञ्जलबाट पनि चर्चित छन् । उनले १५ वर्षको सानै उमेरमा आफ्नो करियर सुरु गरेकी थिइन्, भने सोही समयमा सुपर मोडल अफ ब्राजिलको उपाधी पनि जितिन् । उनी विश्वको चौथो धनी मोडलमा पनि पर्न सफल भएकी छन् ।

६. प्रियंका चोपडाः

प्रियंका चोपडा भारतीय चर्चित अभिनेत्री हुन् । उनी निर्मात्री, गायिका र फिलान्थ्रोपिष्ट पनि हुन् । उनी सन् २००० को मिस वल्र्डको ताज विजेता सुन्दरी पनि हुन् । उनी बलिउडकी सबैभन्दा महंगो अभिनेत्री हुन् ।

उनले ‘हिरो’ फिल्मबाट आफ्नो करियर सुरु गरेकी थिइन् । उनले बर्फी, मेरी कोम लगाएतका चर्चित फिल्महरु दिईसकेकी छन् । उनी ग्ल्यामर क्वीनको लिष्टमा छैटौं स्थानमा छन् ।

५. पिक्जे लोट्टः

पिक्जे लोट्टको वास्तबिक नाम भिक्टोरीया लुइस हो । उनी इङ्गलिस गायिका, लिरिसिष्ट, र अभिनेत्री पनि हुन् । उनी एफएचएमका अनुसार विश्वको सेक्सिष्ट महिलाको लिष्टमा पनि पर्न सफल भएकी छन् ।

उनको २ वटा गीती एल्बमले युकेमा निकै सफल भएको छ । उनी युकेमा मात्र नभएर विश्वमै चर्चित गायिकाको रुपमा चिनिन्छन् । उनको सफल एल्बमहरुमा बोइज एण्ड गल्र्स, टर्न इट अप लगाएतका एल्बमहरु छन् ।

४. दीपिका पादुकोणः

दीपिका पादुकोण बलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् । दीपिका पादुकोण बलिउड उद्योगकी महंगो अभिनेत्री पनि हुन् । उनले फिल्म फेयर अवार्ड लगाएतका अवार्डहरुमा विभिन्न विधामा अवार्डहरु जितिसकेकी छन् ।

उनले शाहरुख खानको ब्लकबष्टर फिल्म ओम शान्ती ओम फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेकी हुन् । उनको सफल फिल्महरुमा बाजीराव मस्तानी, कोक्टेल, चेन्नाई एक्सप्रेस, ह्याप्पी न्यु इयर लगाएत छन् ।

उनी विश्वको सेक्सिष्ट महिलाहरुको समूहमा पनि पर्न सफल भएकी छन् ।

३. नाना इम जिन-आः
नाना इम जिन आ कोरियन अभिनेत्री, गायिका र चर्चित मोडल हुन् । उनी आफ्नो गायनबाट निकै चर्चित छन् । नाना कोरियाकी सुनदरी हुन् । उनले मोष्ट ब्युटिफुल फेस अवार्डमा दुई पटक बाजी पनि मारीन् ।

उनी चीन र कोरियाकी आइडल गायिका हुन् ।

२.लीजा सोवेरानोः

होप एलिजा सोबरोनो फिलिपिनो( अमेरीकन नायिका तथा मोडल हुन् । उनी लीजा सोबरानो नामबाट चर्चित छन् । उनले टेलिभिजन र टेलिभिजन सिरिजबाट आफ्नो करियर सुरु गरेकी थिइन् । उनले चर्चित फिल्महरु जस्ट द वे यु आर, एभ्रिडे आई लभ यु फिल्ममा काम पनि गरेकी छन् ।

१. सेलेना गोमेजः

सन् २०१८ की सुन्दरी, हटेष्ट सेलिब्रेटी सेलेना मारिया गोमज अमेरीकन गायिका र नायिका हुन् । उनलाई यो वर्षको विश्वको सुन्दरीहरुको लिष्टमा १ नम्बरमा पर्न सफल भएकी छन् । उनले ‘चिल्ड्रेन्स सिरिज बर्नी एण्ड फ्रेण्ड’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । उनी आफ्नो गायनबाट निकै चर्चित छन् ।

उनले किस एण्ड टेल, अ इयर विदआउट रेन, ह्वेन द सन गोज डाउन लगाएतका चर्चित एल्बमहरु निकाली सकेकी छन् । उनलाई यो वर्षको सबै भन्दा बढी सुन्दर महिलाको लिष्टको टप १ मा पर्न सफल भएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV