१ माघ २०७४, सोमबार

काठमाडौं । बलिउड नायक सलमान खानले चलाएको कलर्स टिभीको एकदम फेमस सो बिग बोस ११को हिजो आइतबार अन्तिम दिन हो । उक्त सोमा ४ जना फिनालिस्ट शिल्पा शिन्दे , विकाश गुप्त , हिना खान र पुनिश शर्मा थिए। 

आइतबार बिग बोस ११ बाट सबै भन्दा पहिले पुनिश शर्मा एलिमिनेट भएको हो। त्यसपछि विकाश गुप्त भयो । बाकिरहेको शिल्पा शिन्दे र हिना खानका लागी सलमान खानले १० मिनेट भोटिंग लाइन खुलाईएका थिए। दर्शकलाई आफ्नो मन पर्नेलाई जिताउन उक्त भोटिंग लाइन खुलाएको हो । भोटिंगपछि शिल्पा शिन्देले हिना खान भन्दा केहि भोट बढी ल्याएर जित हासिल  गरेको घोषणा सलमानले गरेको थियो । टेलिभिजन अभिनेत्री समेत रहेकी शिल्पालाई बिग बोसमा अत्याधिक मन पराइएको थियो। शिल्पा टिभी सिरियल ‘भाबिजी घर पर है’ मा अंगुरी भाउजु बनेकी छिन्।अंगुरी भाउजु बनेकी शिल्पाको चरित्र अत्याधिक पन पराइएको थियो।

बिग बोसको सातौं संस्करणमा गौहर खान बिजेता बनेदेखि कुनैपनी महिला प्रतिष्पर्धीहरु बिजेता बनेका थिएनन्। शिल्पा बिग बोस जित्ने पाँचौं महिला हुन्। शिल्पाले बिग बोस जितेपछि सामाजिक संजालमा उनका प्रसंशकहरुले खुशीयाली मनाउन थालेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV