१ माघ २०७४, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको डाक्टरले बताएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैंककमा जानु भएको अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उहाँका स्वकीय सचिव एलिस दाहालले जानकारी गराउनुभयो ।

“अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिपोर्ट राम्रो देखिएको छ” दाहालले भन्नुभयो, “उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ ।”

अध्यक्ष ओलीले बैंककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहनु भएको छ । चिकित्सकको सल्लाहअनुसार उहाँ स्वास्थ्य परीक्षण गराउन बैंकक जानुभएको हो ।

उहाँ यही पुस २६ गते श्रीमती राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैंकक जानुभएको हो । अध्यक्ष ओली बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV