१ माघ २०७४, सोमबार

काठमाडौं। झापामा ईलाका प्रहरी कार्यलय, बिर्तामोडले चोरी मोटरसाईकलसहित ८ जनालाई नियन्त्रणमा लिइएका  छन्  । उक्त मोटरसाईकल भन्सार छलेर भित्रिएका ९ वटा मोटरसाईकल सहित ८ जनालाई पक्राउ गरेका हुन् ।

पक्राउमा बिर्तामोड नगरपालिका–६ का सुदिप रिजाल, बिर्तामोड–१० का विरेन्द्र लिम्बू, कचनकवल गाउँपालिका–२ का सञ्जोग लिम्बू, कन्काई नगरपालिका–२ का विशाल पुरी, सोही स्थानका अभिषेक मगर, बिर्तामोड–२ का हरि न्यौपाने, अर्जुनधारा नगरपालिका–२ का ओम प्रकाश सेन्चुरी र भद्रपुर नगरपालिका–२ का युवराज राई रहेका छन् । नियन्त्रणका ९ वटा मोटरसाईकल मध्ये ६ वटाको प्रमाणीकरण भईसकेको छ । प्रमाणीकरण गरिएका ६ वटा मोटरसाईकल मध्ये २ वटा बुलेट, एउटा डियुक र ३ वटा पल्सर रहेको पनि प्रहरीले जानकारी दिए ।

पक्राउ परेका समुहले सस्तो मूल्य पाएर मोटरसाईकल खरिद गरेको बयान दिए पनि यातायात व्यवस्था कार्र्यालयमा यी मोटरसाईकलको कुनै पनि कागज वा रेकर्ड नभएको डिएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV