१ माघ २०७४, सोमबार

तनहुँ। सोमबार १२ बजे देखि पृथ्वी राजमार्गको डुम्रे दमौली सडकखण्डको तालघरेमा अवरूद्ध गरिएको छ । आइतवार विहान बसको ठक्करबाट १ पैदल यात्रीको मृत्यु भएपछि  अवरूद्ध गरिका हुन् ।

पोखरा बाट डुम्रे तर्फ जादै गरेको ना ५ ख ६१०० नम्वरको बसले तनहुँको व्यास नगरपालिका १ दमौली बजार नजिक छाब्दीचोकमा ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको थियो । बसको ठक्करबाट व्यास १० सेवर बस्ने करीब ५० वर्षीय नारायण न्यौपाको घटनास्थल मै मृत्यु भएको थियो ।न्यौपाने आइतबार दुध बेच्न घरबाट दमौली बजार आउदै गरेका थिए ।

उक्त घटनालाई लिएर स्थानीय बासिन्दाद्वारा पृथ्वी राजमार्ग अबरुद्ध गरिएको छ ।बसधनीलाइ दमौली झिकाउनुपर्ने, पिडित पक्ष संग वार्ता गर्नुपर्ने र उचित क्षतिपूर्ती दिनु पर्ने लगायतका माग राखी स्थानीय बासिन्दाहरुले राजमार्ग अवरूद्ध गराएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV