१ माघ २०७४, सोमबार

काठमाडौं । कलाकार गौरी मल्लले ‘जीवन साथी’ बोलको गीत गाएकी छन् । उनले गायक प्रमोद खरेलको साथमा उनले पहिलो पटक स्वर दिएकी हुन् ।

पूजा मारियाको शब्द रहेको गीतमा राम सिटौलाले संगीत भरेका छन् । गीतमा फडिन्द्र राईको संगीत संयोजन छ ।

रोजल थापाको निर्देशन रहेको गीतको भिडियोलाई रोहित बस्नेतले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा दिव्य दाहाल र नायिका नम्रता सापकोटालाई देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV