१ माघ २०७४, सोमबार

काठमाडौं । गत शुक्रबारबाट रिलिजमा आएको रामबाबु गुरुङ्गको फिल्म ‘मिस्टर झोले’ले दर्शकहरुको राम्रो साथ र माया पाउन सफल भएको छ ।

पहिलो दिन ७० प्रतिशत अकुपेन्सी रहेको यो फिल्मले शनिबार ९० प्रतिशत माथीको अकुपेन्सी कायम गरेको वितरक गोविन्द शाहीले जानकारी गराए ।

अत्याधिक चिसोका कारण शनिबार विहानका शो केहि प्रभाबित भएपनि दिउँसो र बेलुकाका ९० प्रतिशत शोहरु हाउसफुल रहेको शाहीले जानकारी गराएका छन् ।

शनिबार राजधानीका केहि मल्टीप्लेक्समा सिनेमाका कलाकारसहित निर्माताहरु दर्शक प्रतिक्रिया बुझ्न पुगे । जहाँ दर्शकले फिल्म धेरै राम्रो भएको प्रतिकृया दिएका छन् ।

फिल्मको कमेडी पाटोलाई दर्शकले अत्याधिक रुचाएका छन् । र्माताद्वय टेकेन खड्का र रौनकविक्रम कँडेल दर्शक प्रतिक्रियाबाट उत्साहित भएका छन् ।

फिल्मका लीड कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक यतिबेला शोको लागी हङकङ पुगेका छन् । दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको यो फिल्मले कास्कीमा अवस्थित एक गाउँको कथालाई कमेडी मार्फत प्रस्तुत गरेको छ ।

रामबाबुकै कथा लेखन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV