१ माघ २०७४, सोमबार

एजेन्सी । टेलिभिजन सिरियल ‘भाबी जी घर पर हे’ मा काम गरेकी ‘अंगुरी भाभी’ शिल्पा सिन्देले कलर्स च्यानलको चर्चित रियालिटी शो ‘बीग बोस’को ११ औ संस्करणको उपाधि जितेकी छिन् ।

लोनावलामा भएको फाइनल प्रतियोगितामा हिना खानलाई हराउँदै उनी उपाधि जित्न सफल भएकी हुन् । ‘बिग बोस’को घरमा शिल्पाले १०५ दिन बिताएकी थिइन् ।

आइतवार साँझ घर बाहिर निस्कन सुरु भएको थियो । सबै भन्दा पहिला पुनीष शर्मा घर बाहिर आएका थिए । जो चौथो भए । विकास गुप्ता तेस्रो र हिना खान दोस्रो भए ।

बिग बोस बिजेताले ट्रफीको साथ ५० लाख नगद पाएकी छन् । सन् १९९९ मा टेलिभिजनवाट करिअर सुरु गरेकी शिल्पाले ‘भाबी जी घर पर हे’मा अंगुरी भाभीको भुमिका निर्वाह गरेकी छन् । निर्मातासँगको मनमुटावपछि उनी उक्त सिरियलवाट बाहिरिएकी थिइन् ।

त्यसो त शिल्पाले निर्मातामाथी यौन उत्पीडनको आरोप पनि लगाएकी थिइन् । कार्यक्रमलाई विशेष बनाउन सलमान खानका साथी अक्षय कुमार आफ्नो चलचित्र ‘प्याडम्यान’ को प्रमोशनका लागि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV