१ माघ २०७४, सोमबार

काठमाडौं। दार्जिलिङ पुगेका नायक पल शाह र नायिका आचल शर्मालाई सुरक्षा दिन दार्जिलिङ पुलिसलाई हम्मेहम्मे परेको छ । दार्जिलिङ पुलिसले आयोजना गरेको म्याराथनमा नेपालबाट अतिथि बनेर पल शाह र आचललाई फ्यानहरुबाट जोगाउन मुस्किल परेको हो ।

म्यारथनको स्टेज पुगेदेखी पल नाम लिदै चिच्याइरहेका उनका फ्यानहरु कार्यक्रम सकिए लगतै स्टेज चढेका थिए । भिडलाइ थाम्न नसकेपछि दार्जिलिङ पुलिसका डि एस पी सिद्धार्थ दोर्जी सहित ५० भन्दा बढि प्रहरीको साथमा पललाई मुस्किलले होटल सम्म पुर्याएको थिए ।

पल र आचलका का फ्यानहरुले होटलको गेट नछोडेपछी प्रहरीले पुन पललाइ सार्बजनिक गर्नु परेको थियो । सुरक्षाका हिसाबले रोकिरहेको प्रहरीलाइ पल आफैले फ्यानहरुसँग फोटो खिच्न दिनलाई अनुरोध गरेका थिए । ‘उहाँहरुको मायाले नै यहाँ सम्म आइपुगेको’ भन्दै भिडमा जान पल तयार भएका थिए । पललाई दिन भर होटलबाहिर कुर्ने अधिकांश युबतीहरु थिए ।

दार्जिलिङ ट्राफिक पुलिसका प्रमुख शेर्पाले भारतिय कलाकार आउदा भन्दा नेपाली कलाकार पल शाह र आचल शर्मा आउदा क्रेज धेरै भएकाले सुरक्षा ब्यबस्था मजबुत बनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV