१ माघ २०७४, सोमबार

काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘कृ’की नायीका अदीति बुढाथोकीले आफुलाई प्रदीप खड्का सँग रोमान्स गर्ने इच्छा भएको बताएकीछिन् । चाँडै नैतेलगु चलचित्रमा देखीन लागेकी अदीतिले चलचित्र ‘कृ’मा अनमोल सँग नायीका भएर काम गरेकी हुन्् ।

भारतीय चलचित्र नगरीमा संघर्ष गरेकी अदीतिले त्यहाँका केही सट चलचित्र र म्युजिक भिडियोमासमेत काम गरेकी छन् ।
इष्टाग्राममा बेलाबेलामा आफ्नो हट फोटो शेयर गरी चर्चा कमाएकी अदी ति नेपालमा मात्र नभई भारतीय मिडियामासमेत छाउने गरेकी छन् ।

अदीति अभिनित पहिलो नेपाली चलचित्र ‘कृ’ २६ माघबाट प्रदर्शनमा आउँदैछ । शुटींग शुरु देखी नै चर्चामा रहेको चलचित्र ‘कृ’बाट आसाबादी रहेको र यो चलचित्रले अभिनय करियरमा थप उचाई दिने उनको बिस्वास रहेको छ ।

अदितीलाई अभिनेता अनमोल ह्यान्डसम लाग्छ तर उनलाई हिरो प्रदीप खड्का सँग स्क्रीन शेयर गर्ने ठूलो चाहना रहेको बताईन् त्यस्तै अभिनेत्री प्रियंका कार्की मन पर्ने नायीका भएको समेत बताईन् ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र कृ भरपुर मनोरन्जन रभावनात्मक र कमेडीले भरिपूर्ण भएको अदीतिले दाबी समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV