१ माघ २०७४, सोमबार

काठमाडौं । चिसो बढे सँगै अनेकौं रोगले च्याप्ने क्रम बढ्दो छ ।चिसोमा धेरैलाई रुघाखोकी, ज्वरो सँगै भर्खरै बालबच्चामा नयाँ रोग देखा परेको छ पातलो दिसा वाकवाकी लाग्ने वान्ता हुने,

होशीयार यदि तपाईंको बच्चामा पनि पानीजस्तो पातलो दिसा आउने र वान्ता हुने गरेको छ भने बेलैमा सजग हुन जरुरी छ । किनकि, नेपालमा खासै प्रचलनमा नआएको तथा नसुनिएको यस्तो समस्या नोरोभाइरस संक्रमणको कारणले भएको हुन सक्छ ।पछिल्ला अनुसन्धानहरुले हिउँदमा पाँच वर्षमुनिका बालबालिकामा पातलो दिसा र वान्ता हुने समस्याको मुख्य कारक नोरोभाइरस संक्रमण रहेको पत्ता लगाएका छन् ।

लामो समयसम्म दिसा र वान्ता हुँदा हुँदै शरीरमा पानीको मात्रा कम भई ज्यानै जान सक्ने हुँदा आवश्यक सावधानी अपनाउन जरुरी देखीन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV