३० पुष २०७४, आईतवार

एजेन्सी । पाकिस्तानले भारतलाई कुनै ‘सम्भावित कारवाही’ का लागि चेतावनी दिँदै आफूसँग भएको परमाणु हतियार कुनै पनि खतरासँग सामना गर्न सक्ने गरी बनाइएको जानकारी दिएका हुन्।

भारतीय सेना प्रमुख विपिन रावतले बुधबार आफ्नो सेना पाकिस्तानको ‘परमाणु धम्की’ सँग सामना गर्न तयार भएको बताएको थियो । उनले  सरकारले आदेश दिएमा भारतीय सेना पाकिस्तानको सीमा पार गर्न कुनै संकोच नराख्ने पनि उल्लेख गरेएको थियो । सेना प्रमुख रावतले प्रेस कन्फ्रेन्समा भनेको थियो, ‘हामी पाकिस्तानको परमाणु धम्कीको जवाफ फर्काउँछौँ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतबाट हुने कुनै पनि हमलाको सामना गर्न आफूहरु तयार रहेको जनाए।

पाकिस्तानी सेनाका प्रवक्ता गफूरले रावतको टिप्पणी कुनै पनि सेना प्रमुखले गर्ने जस्तो पनि नभएको बताउनुभयो । उहाँले सेना प्रमुख जस्तो व्यक्तिलाई यस्तो टिप्पणी गर्न सोभा नदिने बताए  ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV