३० पुष २०७४, आईतवार

काठमाडौं। फिल्म  ‘बटरफ्लाई’ले औषत ओपनिङ गरेको छ । प्रेश शोमा समेत मिश्रति प्रतिक्रिया पाएको योफिल्मले ओपनिङ पनि सामान्य गरेको छ ।

निर्देशक ओम प्रतिक गुरुङरहेको यो फिल्ममा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छन्। रमेश प्रजापति कार्यकारी निर्माता रहेको फिल्मले मल्टिप्लेक्स थोरै मात्र शो पाएको थियो । निर्माणपक्षका अनुसार दर्शकले फिल्म मन पराएका छन् ।

‘बटरफ्लाई’ फिल्मगै रिलिज भएको अर्को चलचित्र ‘मिस्टर झोले’को असर यसलाई केहि परेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV