३० पुष २०७४, आईतवार

काठमाडौं। फिल्म  ‘शत्रु गते’को ओएसआर डिजिटलले सिनेमाको डिजिटल तथा अन्तराष्ट्रिय अधिकार एक करोड एघार लाखमा खरिद गरेको छ ।

यो रकम सम्भवतअहिलेसम्म नेपाली सिनेमालाई दिइएको सबै भन्दा बढी रहेका छन् । सिनेमा प्रदर्शन पूर्व नै लगानी सुरक्षित मात्र हैन फाइदामा गएको निर्माण पक्षले जानेको छ।  निर्देशक  प्रदीप भट्टराई रहेको हरिवंश आचार्य, सिनेमामा मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, बसुुन्धरा भुसाल, रमेशरंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतले अभिनय गरेका छन्।

मह सञ्चारको ब्यानरमा निर्माण गरिएको सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् । चैत्र ९ मा रिलिज हुने सिनेमाको प्रचार सामग्रीका रुपमा ३ साता अघि रिलज गरिएको ‘रुपै मोहनी’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV