३० पुष २०७४, आईतवार

दाङ  ।  पीडित सेवा संघ र टोप बहादुर महतराको व्यक्तिगत भण्डै डेढलाख रुपैयाँको सहयोगमा दाङ कारागारमा पुस्तकालय स्थापना गरिएको छ । कारागारमा रहेका कैदीहरुको जीवनमा पुस्तकको मार्फत् धेरै परिवर्तन आउन सक्ने भन्दै कारगार भित्रै पुस्तकालय स्थापना गरिएको हो ।

पुस्तकालयमा ५ सय बढी पुस्तकहरु राखिएको छ । कारागारमा स्थापना गरिएको पुस्तकालयमा राजनीतिक, सामाजिक, जीवन उपयोगी, आर्थिक, कृषि, रोजगार मुखी, मनोरञ्जन, साहित्यक, धार्मीक, सास्कृतिक, नेतृत्व विकास, समारात्क सोच, विश्व इतिहास लगायतका पुस्तकहरु रहेका छन् । कैदीहरुमा साकरात्मक सोचको विकास गर्न र अध्ययनलाई बढाउन कारागारमा पुस्तकालय स्थापना गरिएको सहयोगकर्ता टोप बहादुर महतराले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसीले पुस्तकालयको उद्घाटन गर्दै कारागारमा पुस्तकालयको स्थापनाले कैदी बन्दीहरुमा बौद्धिक विकास हुने र सकारात्मक सोचले समाजमा परिवर्तन ल्याउने वताउनुभयो ।

पुस्तकालयले कैदी बन्दीहरुहरुलाई अध्ययनमा एकिकृत गर्ने र सकारात्मक सोचको विकास गर्ने मात्र नभई समाजमा पुुनस्थापना गर्न समेत मद्धत पु¥याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV