३० पुष २०७४, आईतवार

प्रदीप

निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टीले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ । आयोगले सूची नसच्याए राजपाको परिणाम रोक्ने चेतावनी दिएसँगै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा राजपा पुगेको हो ।

समानुपातिकको बन्दसूचीमा भएको ‘क्रम’ अनुसार नै प्रतिनिधि छनोट गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, राजपाले १० सिटमध्ये पहिलो ६ जनाको बन्दसूचीअनुसार छानेको थियो भने त्यसपछिका चार जनाका लागि क्रम मिचेको थियो । त्यसप्रति निर्वाचन आयोगले आपत्ति जनाएको थियो । उम्मेदवारी दर्ता गराउँदा बुझाएको बन्दसूचीमा महिलाको संख्या पु¥याइए पनि अल्पसंख्यक तथा अन्यको नहुँदा राजपाले प्रदेश २ का लागि समानुपातिकको बन्दसूचीमा ४२ वटै नाम मधेसी समूहबाट राखेको थियो ।

समावेशीको ‘क्लस्टर’ उल्लंघन गरेको राजपाले मधेसी समुदायको नाममा पनि क्रम मिचेपछि आयोगले त्यसो नगर्न सचेत गराएको थियो । आयोगले राजपासँग मधेसी ५, दलित २, आदिवासी जनजाति १, थारू १ र मुस्लिम १ जनाको नाम माग गरेको थियो । त्यसमा ७ जना महिला, ३ जना अल्पसंख्यक समुदायबाट नाम पठाउनुपर्छ । महिलाको संख्या र्पुयाइए पनि अल्पसंख्यक भने पुगेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV