३० पुष २०७४, आईतवार

बलिउड अभिनेत्री सोनम कपुरले अवार्डको लागि फिल्म नखेलेको बताएकी छन्। फिल्म ‘निरजा’ बाट ६४ औं राष्ट्रिय अवार्ड प्राप्त गरेकी सोनमले फिल्म ‘प्याडम्यान’को प्रचारका क्रममा उक्त कुरा खुलाएकी हुन्।

सोनमले भनिन्, ‘म अवार्डको लागि फिल्म खेल्दिनँ। म केवल राम्रो काम र राम्रो फिल्मको हिस्सा बन्न चाहँन्छु।’ उनले विनोद चोपडाको अपकमीङ फिल्ममा अनुवन्धित भएको जानकारी समेत दिएकी छन्।

ब्यापारी आनन्द आहुजा सँग प्रेममा रहेकी सोनमको छिट््टै विवाह हुन लागेको खवर पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV